कोरोनाभाइरसः ब्रिटेनका प्रधानमन्त्रीलाई सङ्क्रमण भएको पुष्टि

बोरिस
तस्बिरको क्याप्शन, प्रधानमन्त्री जोनसनले डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन्
Published
पढ्ने समय: २ मिनेट

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

जोनसनले आफूलाई कोरोनाभाइरसका मध्यम खालका लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन्।

"इङ्गल्यान्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस ह्विटीको सल्लाहमा उनको कोरोनाभाइरस परीक्षण गरिएको थियो," प्रधानमन्त्री कार्यालयको विज्ञप्तिमा भनिएको छ।

बिरामी भए पनि उनले नै सरकारको नेतृत्व गरेर यो विपत्‌को सामना गर्ने विज्ञप्तिमा बताइएको छ।

परीक्षण

जोनसनले समेत यसबारे एउटा भिडिओ ट्विट गर्दै 'एकसाथ भाइरसलाई परास्त गर्ने' बताएका छन्।

उनको जाँच डाउनिङ्ग स्ट्रीटमै राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका कर्मचारीहरूले गरेका थिए।

यसैबीच, ब्रिटिश स्वास्थ्यमन्त्री म्याट ह्यानककलाई पनि कोरोनभाइरस सङ्क्रमण भएको आजै पुष्टि भएको छ।

मध्यम खालका लक्षण देखिएका उनी पनि घरमा एकान्तवासमा बसिरहेका छन्।

दुई दिनअघि ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोनाभाइरस सङ्क्रमण भएको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले जनाएको थियो।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

ब्रिटेनभरि ११ हजार ६ सय जनाभन्दा बढी कोरोनाभाइरसका घटना पुष्टि भएकामा हालसम्म ५७८ जनाले ज्यान गुमाएका छन्।

यसको असर कस्तो हुनसक्छ?

प्रधानमन्त्रीको सम्पर्कमा आएका कति मन्त्री एवम् अधिकारीहरू अब एक्लिएर बस्नुपर्ने हो भन्नेबारे अझै स्पष्ट भइसकेको छैन।

सरकारका मुख्य वैज्ञानिक र यो महामारीसँग जुझ्ने सरकारका विभिन्न प्रयासमा नेतृत्वदायी भूमिकामा खटिएका मानिसहरूसँग जोनसन सम्पर्कमा थिए।

बीबीसीकी राजनीतिक सम्पादक लोरा कुन्सबर्ग भन्छिन्- प्रधानमन्त्री अहिले प्रविधिको सहायताले काम गर्न सक्षम छन् र तत्कालका लागि उनी सरकारबाट पछि हट्ने सम्भावना देखिँदैन।

"यदि जोनसन काम गर्न नसक्नेगरी बिरामी भएमा विदेशमन्त्री डोमिनिक राबले सरकारको नेतृत्व सम्हाल्नेछन्। तर हाललाई जोनसन नै सरकारका नेतृत्वकर्ता हुन्।

जोनसन
तस्बिरको क्याप्शन, बिहीवार जोनसन यो महामारीसँग जुझ्न खटिएका मानिसहरूप्रति सम्मान दर्शाउन सार्वजनिक रूपमा उपस्थित भएका थिए

गत साताको बिहीवारसम्म जोनसन पत्रकार सम्मेलनमा प्रत्यक्ष उपस्थित भइरहेका थिए।

त्यसबेला उनी यस प्रयासमा खटिएका अन्य मानिसहरूबाट दुई मिटरभन्दा कमको दूरीमा थिए।

त्यसयता भने उनले अनलाइनमार्फत् पत्रकार सम्मेलन गरिरहेका थिए।

तर अहिलेको अवस्थामा जोनसनलाई कहिले सङ्क्रमण भयो भन्ने स्पष्ट छैन र यसबारे व्यापक चासो छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर