विश्वभरि यसरी मनाइयो क्रिस्मस

Published

इसाई धर्मावलम्बीहरूको पात्रोमा पवित्रमध्येको एउटा दिन क्रिस्मसका अवसरमा अस्ट्रेलियादेखि अमेरिकासहितका देशमा प्रार्थनासभा र विभिन्न कार्यक्रमको आयोजना गरिएको छ।

ब्वेनस आइरिज, आर्जेन्टिना

ब्वेनस आइरिजमा इभो मोरालेस

निर्वासनमा रहेका बोलिभियाका पूर्वराष्ट्रपति इभो मोरालेस आर्जेन्टिनाको राजधानी ब्वेनस आइरिजमा बोलिभियाली समुदायले आयोजना गरेको जलपान कार्यक्रममा सहभागी भए।

कोलम्बो, श्रीलङ्का

श्रीलङ्काली क्याथोलिक

सेन्ट एन्थोनी गिर्जाघरमा परीको भेषमा बालिकाहरू। इस्टर पर्वका दिन तीनवटा गिर्जाघरमाथि आक्रमण गरिएकोमा पहिलो निसाना यो गिर्जाघरलाई बनाइएको थियो। आत्मघाती आक्रमणमा देशभरि कम्तीमा २५० जनाको ज्यान गएको थियो।

आबु धाबी, संयुक्त अरब इमिरेट्स

आबु धाबीस्थित सेन्ट जोसेफ्स कथिड्रल क्याथोलिक चर्चमा मैनबत्ती बाल्दै एक महिला

सेन्ट जोसेफ्स कथिड्रल क्याथोलिक चर्चमा मैनबत्ती बाल्दै एक महिला। संयुक्त अरब इमिरेट्समा क्याथोलिक समुदाय जीवन्त छ, सो समुदायमा पाँच प्रतिशतभन्दा बढी हिस्सा फिलिपिनोहरूको छ।

हनोई, भियतनाम

हनोईस्थित जोसेफ्स कथिड्रलबाहिर सेल्फी लिँदै एक महिला

भियतनामको राजधानीस्थित १९ औँ शताब्दीमा निर्मित सेन्ट जोसेफ्स कथिड्रलअगाडि सेल्फी खिच्दै एक महिला।

प्यारिस, फ्रान्स

प्यारिसस्थित साँ जेर्माँ लोकसेर्वा गिर्जाघरमा मध्यरातिको प्रार्थना सभा

प्यारिसस्थित साँ जेर्माँ लोकसेर्वा गिर्जाघरमा मध्यराति आयोजित प्रार्थना सभा। गत एप्रिलमा लागेको आगलागीका कारण २०० वर्षयता नोट्र डाम कथिड्रलमा पहिलो पटक प्रार्थनासभा गरिएन।

पेशावर, पाकिस्तान

पेशावरस्थित सेन्ट जोन्स कथिड्रलमा आयोजित प्रार्थना सभामा सहभागी भक्तजन

पेशावरस्थित सेन्ट जोन्स कथिड्रलमा आयोजित प्रार्थना सभामा सहभागी भक्तजन। पाकिस्तानको कुल जनसङ्ख्यामध्ये इसाईहरूको सङ्ख्या १.६ प्रतिशत छ र अरू धार्मिक अल्पसङ्ख्यकलाई जस्तै पछिल्ला आक्रमणहरूमा इसाईहरूलाई पनि निसाना बनाउने गरिएको छ।

अमृतसर,भारत

अमृतसरस्थित सेन्ट पल गिर्जाघरमा मैनबत्ती बाल्दै इसाई धर्मावलम्बीहरू

अमृतसरस्थित सेन्ट पल गिर्जाघरमा इसाई धर्मावलम्बीहरूले प्रार्थना गरेका छन्।

मोम्बासा, केन्या

नैरोबीको फोर्ट जिसस क्षेत्रमा प्रार्थना सभामा सहभागी मानिसहरू

नैरोबीको फोर्ट जिजस क्षेत्रमा मध्यराति प्रार्थनासभाको आयोजना गरिएको थियो।

खार्तुम, सुडान

सुडानको राजधानी खार्तुमस्थित सेन्ट म्याथिव्ज कथिड्रलमा आयोजित प्रार्थना सभामा भक्तजन सहभागी भए

सुडानको राजधानी खार्तुमस्थित सेन्ट म्याथ्यूज कथिड्रलमा आयोजित प्रार्थनासभामा भक्तजन सहभागी भए।

लस एन्जलिस, क्यालिफोर्निया

पुरुषहरूको कारावासमा आयोजित प्रार्थना सभामा सहभागी हुँदै कैदीहरू

लस एन्जलिसस्थित मेन्ज सेन्ट्रल जेलका केही कैदीहरू प्रार्थनासभामा सहभागी भएका थिए।

बेथलेहम, प्यालेस्टिनी भूभाग

वेस्ट ब्याङ्कको बेथलेहमस्थित चर्च अफ नेटिभिटीमा आयोजित प्रार्थना सभा

बाइबलमा उल्लेख गरिए अनुसार जिसस क्राइस्टको जन्म बेथलेहममा भएको थियो।

भ्याटिकन सिटी

क्रिस्मसको पूर्वसन्ध्यामा सेन्ट पिटर्स बासिलिकामा आयोजित सभाको नेतृत्व पोप फ्रान्सिसले गरे

"ईश्वरले हामीमध्येका नराम्रासहित" सबैलाई माया गर्ने भन्दै क्याथोलिक इसाईहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले क्रिस्मस पर्वको समारोह सुरु गरेका थिए।

अलेप्पो, सिरिया

सिरियाको उत्तरी शहर अेप्पोस्थित सिरियाक अर्थोडक्स गिर्जाघरमा क्रिस्मसको बिहान आयोजित प्रार्थना सभा

सिरियाको उत्तरी सहर अलेप्पोस्थित सिरियाक अर्थोडक्स गिर्जाघरमा क्रिस्मसको दिन बिहान आयोजित प्रार्थनासभा। सिरियाली इसाई समुदाय विश्वका पुराना समुदायमध्येको एक भएको मानिन्छ।

बग्दाद, इराक

बग्दादस्थित सेन्ट जर्ज एङ्ग्लिकन गिर्जाघरमा आयोजित प्रार्थना सभा

बग्दादस्थित सेन्ट जर्ज एङ्ग्लिकन गिर्जाघरमा आयोजित प्रार्थनासभालाई इसाई धर्मावलम्बीहरूले सरकारविरुद्धको प्रदर्शनका रूपमा लिए। एउटा अनुमानअनुसार इसाईहरूको जनसङ्ख्या १५ लाख रहेकोमा भागेर अन्यत्र जाने भएकोले सन् २००३ यता त्यो सङ्ख्या घटेर अढाई लाख पुगेको छ।

सिड्नी, अस्ट्रेलिया

हावाइन कमिज लगाएका प्रधानमन्त्री स्कट मोरिसनको भित्तेचित्र

देश डढेलोको मारमा परेका बेला हवाईमा छुट्टी मनाउन गएका प्रधानमन्त्री स्कट मोरिसनको आलोचना गर्दै सिड्नीमा बनाइएको भित्तेचित्र।

बर्लिन, जर्मनी

जर्मनीको राजधानी बर्लिनस्थित ओरेङ्क तालमा बर्लिन सिल्स पौडी क्लबका सदस्यहरूले परम्परागत स्नान गरे।

जर्मनीको राजधानी बर्लिनस्थित ओरेङ्क तालमा बर्लिन सील्ज पौडी क्लबका सदस्यहरूले परम्परागत रूपमा स्नान गरे।

बार्सिलोना, स्पेन

कोपा नाडाल अर्थात् क्रिस्मस कपको ११० औँ संस्करणमा सहभागिता जनाउने मानिसहरू

बार्सिलोनामा कोपा नाडाल अर्थात् क्रिस्मस कपको ११० औँ संस्करणअन्तर्गत २०० मिटर लामो दौडमा सहभागी हुन भेला भएका मानिसहरूले गोता पनि लगाए।

ललितपुर, नेपाल

लबिम मल

क्रिस्मसका उपलक्ष्यमा ललितपुरस्थित एउटा शपिङ मल सिँगारिएको थियो। नेपालका विभिन्न स्थानमा पनि क्रिस्मस मनाइयो।

सबै तस्बिरको सर्वाधिकार सुरक्षित