वायु प्रदूषण: दिल्लीका विद्यालयमा ५० लाख मास्क वितरण, नेपालमा पनि असर पर्न सक्ने

प्रदूषण
Published
पढ्ने समय: ३ मिनेट

वायु प्रदूषणका कारण विषाक्त हावा फैलिएपछि भारतको राजधानीमा अधिकारीहरू सार्वजनिक स्वास्थ्य सङ्कटकालको घोषणा गर्न बाध्य भएका छन्।

वायु प्रदूषणका कारण विद्यालयहरूमा ५० लाखवटा मास्क वितरण गर्न लागिएको छ।

दिल्लीमा तीन दिनका लागि सबैखाले निर्माणकार्य बन्द गर्न निर्देशन दिइएको छ भने मङ्गलवारसम्म सबै विद्यालयहरू बन्द रहनेछन्।

हावामा विश्व स्वास्थ्य सङ्गठनले तोकेको सुरक्षित अधिकतम तहभन्दा २० गुणा बढी हानिकारक तत्त्वहरू पाइएको छ।

'ग्यास च्याम्बर'

प्रदूषण गम्भीर रूपमा बढेपछि सर्वोच्च न्यायालयको अनुमतिमा गठित एउटा समितिले दिल्ली र आसपासका अन्य दुई राज्यमा विभिन्न खाले प्रतिबन्धहरू लगाएको छ।

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली "ग्यास च्याम्बर" मा परिणत भएको बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

वितरित मास्क यथासम्भव प्रयोग गर्न केजरीवालले आग्रह गरेका छन्।

अहिले भारतको राजधानीलाई बाक्लो तुँवालोले ढाकेको छ। मानिसहरूले त्यसको तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्दै आक्रोश व्यक्त गरेका छन्।

बर्सेनि यस्तो अवस्था दोहोरिने गरेको भन्दै उनीहरूले सरकारसँग आक्रोश पोखेका छन्।

प्रत्येक वर्ष नोभेम्बर र डिसेम्बर महिनामा दिल्लीको हावा विषाक्त बन्ने गरेको छ।

कारण

छिमेकी हरियाणा र पन्जाब राज्यमा किसानहरूले अन्नबाली भित्र्याएपछि खेतमा ठूटा र खोस्टामा आगो लगाउने गरेका छन्।

त्यसरी लगाइने आगोका दृश्य भू-उपग्रहबाट खिचिने तस्बिरमा पनि देखिने गरेको छ।

नोभेम्बर महिनाको सुरुमा भारतीय प्रधानमन्त्री र जर्मन चान्सलर राष्ट्रपति भवनमा उपस्थित हुँदा पनि वायु प्रदूषणको प्रभाव देखिएको थियो
तस्बिरको क्याप्शन, शुक्रवार भारतीय प्रधानमन्त्री र जर्मन चान्सलर राष्ट्रपति भवनमा उपस्थित हुँदा पनि वायु प्रदूषणको प्रभाव देखिएको थियो

दीपावलीमा पड्काइने पटाकाका कारण पनि वायु प्रदूषणको मात्रा बढ्ने गरेको छ।

त्यसबाहेक निर्माण कम्पनी, यातायातबाट निस्कने धूँवा अन्य कारक हुन्।

चिसो सुरु भएसँगै दिल्लीमा बढ्ने प्रदूषण पश्चिमी वायुसँगै नेपालसम्म पर्ने गरेको विज्ञहरू बताउँछन्।

नेपालमा कस्तो असर?

नेपालको वायु प्रदूषणको कारण यहाँ हुने गतिविधिबाट मात्र नभई भारतबाट आउने प्रदूषित वायु पनि रहेको विज्ञहरूले बताउने गरेका छन्।

हिउँद र सुक्खा याममा लुम्बिनी र सौराहामा काठमाण्डूमा भन्दा बढी प्रदूषण देखिनुमा सीमापारिबाट आउने कण जिम्मेवार भएको बताइन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, खतरनाक वायु प्रदुषण

हलुका हुने भएकाले ती मसिना कणहरू धेरै समयसम्म हावामा रहन सक्छन् र हावासँगै हजारौँ किलोमिटर टाढासम्म पुग्न सक्छन्।

नेपालको राष्ट्रिय मापदण्डअनुसार पीएम २.५ भनिने रौँभन्दा झन्डै तीनगुणासम्म सूक्ष्म कण हावामा दैनिक औसतमा ४० माइक्रोग्रामभन्दा बढी हुँदा स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताइन्छ।

काठमाण्डूको रत्नपार्कमा रहेको प्रदूषण मापक यन्त्रमा शनिवार बिहान त्यो मात्रा बढेर १६६ अर्थात् चारगुणाभन्दा बढी भएको देखिएको थियो।

त्यहाँ अठचालीस घण्टामा त्यो मात्रा न्यूनतम ६८ र अधिकतम १७६ पुगेको थियो।

काठमाण्डूका विभिन्न स्थानमा जडान गरिएका यन्त्रहरूले वायु प्रदूषणको मात्रा बढिरहेको देखाएका छन्।

'निकै हानिकारक'

त्यस्ता साना कणमा रासायनिक पदार्थ पनि रहिरहन सक्ने र मानिसको शरीरभित्र छिर्न सक्ने भएकाले स्वास्थ्यका लागि सबैभन्दा बढी हानिकारक हुने गर्छन्।

जाडो याममा वायुमण्डलमा 'ब्राउन क्लाउड' भनिने प्रदूषणको एउटा तह बनेर त्यसले सूर्यका किरणहरू छेक्ने गरेकाले समस्याहरू थप जटिल बन्ने विज्ञहरूको भनाइ छ।

दिल्लीमा बाङ्लादेशी किकेट टोलीका प्रशिक्षकले आफ्ना खेलाडिहरू भने मास्कसँग अभ्यास्त हुने बताएका छन्।
तस्बिरको क्याप्शन, दिल्लीमा बाङ्लादेशी किकेट टोलीका प्रशिक्षकले आफ्ना खेलाडीहरूले पनि मास्क प्रयोग गर्ने बताएका छन्
दुई वर्षअघि गुडगाँवका अस्पतालमा बिरामीलाई पनि मास्क दिइएको थियो
तस्बिरको क्याप्शन, दुई वर्षअघि नोभेम्बर महिनामा वायु प्रदूषण बढेपछि गुडगाँवका अस्पतालमा बिरामीलाई पनि मास्क दिइएको थियो

सामान्य मास्कले पनि रोक्न नसक्ने भएकाले त्यस्ता कणको जोखिमबाट बच्न छिमेकी देशहरूबीच एकीकृत प्रयासको आवश्यकता औँल्याइने गरेको छ।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

सीमा नाघेर हुने वायु प्रदूषणको अवस्थासँग जुझ्न आपसमा जोडिएका नेपालसहित विभिन्न आठ मुलुकले सन् १९९८ मा माल्दिभ्समा 'माले घोषणापत्र' जारी गरेका थिए।

तर त्यसका लागि पर्याप्त काम हुन नसकेको भन्दै चिन्ता व्यक्त हुने गरेको छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, लुम्बिनीमा प्रदूषण