सामाजिक सञ्जाल: क्युबाका सरकार सञ्चालित थुप्रै ट्विटर खाता बन्द

राष्ट्रपति मिगेल डिआस-कनेल
तस्बिरको क्याप्शन, क्युबाका राष्ट्रपति मिगेल डिआस-कनेल ट्विटरका नियमित प्रयोगकर्ता हुन्
Published
पढ्ने समय: १ मिनेट

क्युबाका कैयौँ ट्विटर खाता सो सामाजिक सञ्जाल कम्पनीले बन्द गरिदिएको छ।

बन्द भएका धेरैजसो खाता सरकारी सञ्चारमाध्यमका पत्रकारहरू रहेको बताइएको छ।

ट्विटरको प्रयोग नियम उल्लङ्घन गरेको बताइएको छ।

तर कम्पनीका प्रवक्ताले त्यस्तो उल्लङ्घन कहाँ र कसरी गरियो भन्ने ठोस कारण खुलाएका छैनन्।

कदम

ट्विटरले लगाएको प्रतिबन्धमा कम्युनिष्ट पार्टीका नेता राउल क्यास्ट्रोकी छोरीको खाता पनि छ।

क्युबाका राष्ट्रपति मिगेल डिआस-कनेलले टेलिभिजनमार्फत बजारमा हुन सक्ने इन्धनको अभावबारे वक्तव्य दिएपछि ट्विटरले त्यस्तो कदम चालेको बताइएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, क्यास्ट्रोपछिको क्युबा

उनले भेनेजुएलामाथि अमेरिकाले लगाएको प्रतिबन्धका कारण आफ्नो राष्ट्रमा इन्धन अभाव हुन सक्ने बताउँदै आगामी हप्तादेखि सर्वसाधारणहरूले घरबाटै काम गर्नुपर्ने हुन सक्ने बताएका थिए।

ट्विटर नियमित प्रयोग गर्ने राष्ट्रपति डिआस-कनेलको खाता भने निलम्बनमा परेको छैन्।

नीति

सरकारको समर्थन गर्ने पत्रकारहरुको सङ्गठनले उक्त कदमको विरोध गर्दै जारी गरेको विज्ञप्ति डिआस-कनेलले आफ्नो ट्विटरमा राखेका छन्।

सो विज्ञप्तिमा भनिएको छ: "साइबर युद्धको सङ्केत गर्नेगरी यस कदमले स्पष्ट रूपमा योजनाबद्ध ढङ्गले क्युबाका संस्था र निकायको अभिव्यक्ति स्वतन्त्रतालाई सीमित पार्न खोजिएको देखिएको छ।"

"यहाँको आन्दोलनका नेताहरूलाई मौन राख्ने नियत देखिन्छ।"

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

ट्विटरले आफ्नो मञ्च प्रयोग गरेर कुनै विषयलाई अप्राकृतिक बढवा दिने वा छलफलमा अवरोध पुर्‍याउन फरक-फरक खाता प्रयोग गरेर गरिने गतिविधिलाई निषेध गर्ने नीति रहेको बताएको छ।

प्रयोगकर्ताहरूलाई भने सम्पर्क गरेर प्रतिबन्धमा पर्नुको कारण बताइएको ट्विटरले जनाएको छ।

ट्विटर

ट्विटरका प्रमुख कार्यकारी एवम् संस्थापक ज्याक डोर्सी हालै क्युबा भ्रमणमा गएका थिए।

हवानामा रहेका बीबीसीका विल ग्रान्टका अनुसार त्यसबेला विदेश मन्त्रालयका अधिकारीहरूले उनीबाट प्रतिबन्ध लगाउनुको कारण माग गरेका थिए।