भारतमा गर्मी बढ्यो, तापक्रम ४५ डिग्रीभन्दा माथि

इलाहाबाद
Published

भारतमा गर्मी चरमोत्कर्षमा पुगेको छ। देशका विभिन्न स्थानमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा उकालो लागेको छ।

उत्तरी राज्य राजस्थानको चुरुमा आइतबार तापक्रम ५०.८ डिग्री पुगेको भारतको मौसम विभागले जनाएको छ।

तापक्रम बढेपछि राजस्थान र मध्य प्रदेश राज्यमा गर्मीको लहर बढ्ने चेतावनी दिइएको छ। दुवै राज्यमा सर्वाधिक गर्मी हुने गर्छ।

यो वर्ष उत्तरी समथर भूमिदेखि पश्चिम तथा दक्षिणी भेगमा पनि प्रचण्ड गर्मी भएको छ।

घरबार नभएका व्यक्तिहरू गर्मीबाट धेरै पीडित भएका छन्। सडक व्यापारी, ट्राफिक प्रहरी तथा रिक्साचालकहरू गर्मीमै काम गर्न बाध्य छन्।

निगमबोध घाट
नयाँ दिल्ली
Presentational white space

एमेजन तथा तयारी खानाको व्यापार गर्ने कम्पनीका कर्मचारीहरू पनि सामान पुर्‍याउन घाममै हिँड्छन्।

नयाँ दिल्ली
Presentational white space

मौसमसम्बन्धी जानकारी दिने वेबसाइट एल डोराडोले विश्वका १५ गर्मी स्थानको सूचीमा सोमवार भारतका सातवटा सहरलाई राखेको छ। बाँकी आठ स्थान पाकिस्तानमा छन्।

पाकिस्तानको सिन्ध प्रान्तस्थित जेकोबाबादमा तापक्रम ५१ डिग्री सेल्सियस पुगेको छ। सो सहरलाई पृथ्वीकै सबैभन्दा गर्मी स्थान मानिएको छ।

मनसुनमा विलम्ब हुने लक्षण देखिएकाले गर्मी अझ अरू केही दिन रहने भारतको मौसम विभागले जनाएको छ।

नयाँ दिल्ली
Presentational white space

भारतका केही सहरमा मानिसहरूले बाटो तथा सार्वजनिक स्थलमा बटुवालाई पानी तथा अन्य चिसो पेय पदार्थ वितरण गर्न थालेका छन्।

अमृतसर
Presentational white space

राजधानी नयाँ दिल्लीमा प्रहरीहरू छाता ओढेर काममा खटिएका छन्।

नयाँ दिल्ली

गर्मी बढेसँगै केही सहरमा पानीको सङ्कट भएको छ।

तर पन्जाबको अमृतसरमा मानिसहरू गर्मी छल्न पौडीपोखरीमा भेला हुने गरेका छन्।

दिल्ली
Presentational white space

दिल्लीमा यी बालबालिका दिउँसो पानीमा रमाइरहेका थिए।

दिल्ली
Presentational white space

सबै तस्बिरको सर्वाधिकार सुरक्षित