भारत-पाकिस्तान द्वन्द्व: पाकिस्तानले भारतीय वायुसेनाका पाइलटलाई शुक्रवार मुक्त गर्ने

भारतीय लडाकु विमानका पाइलट
Published
पढ्ने समय: २ मिनेट

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानी सेनाले हवाई कारबाहीपछि आफ्नो कब्जामा लिएका भारतीय लडाकु विमानका चालकलाई फिर्ता गरिने बताएका छन्।

भारत र पाकिस्तानबीच बुधवार भएको हवाई आक्रमणमा भारतीय वायुसेनाका अभिनव वर्तमानलाई पाकिस्तानले समातेको थियो।

भारतले उनलाई सुरक्षित रूपमा फिर्ता गर्न माग गरेको थियो।

भारत र पाकिस्तानबीच चुलिँदो तनावलाई मत्थर पार्न ती विमानचालकलाई मुक्त गर्न लागिएको खानले बताए।

उनले संसद्‌मा भने, "शान्तिको सङ्केतका रूपमा उनलाई भोलि मुक्त गरिनेछ।"

पाकिस्तानले ती पाइलटलाई नियन्त्रणमा लिएको भिडिओ सार्वजनिक गरेपछि घाइते व्यक्तिको तस्बिर सार्वजनिक गरिनु 'लाजमर्दो' भएको भनी भारतले आपत्ति प्रकट गरेको थियो।

अभिनन्दनले बुधवार बिहान उडाएको मिग २१ विमान पाकिस्तानी वायुसेनाले खसालिदियो र उनलाई आफ्नो नियन्त्रणका लिएको थियो।

पाकिस्तानी सेनाले अभिनन्दन आफूसँग सकुशल रहेको बताएको छ। उसले अभिनन्दनको एउटा भिडिओ पनि सामाजिक सञ्जालमा राखेको छ।

पाकिस्तानले खसालेको भनिएको भारतीय विमानको अवशेषनजिकै पाकिस्तानी सैनिकहरू
तस्बिरको क्याप्शन, पाकिस्तानले खसालेको भनिएको भारतीय लडाकु विमानको अवशेषनजिकै पाकिस्तानी सैनिकहरू

यसअघि पाकिस्तानी प्रधानमन्त्री खानले टेलिभिजन सम्बोधनमा भनेका थिए, "पाकिस्तानी कारबाहीको जबाफ दिन हिन्दुस्तानका दुईवटा विमान पाकिस्तानी सीमाभित्र पसे। त्यसलाई झारिदियौँ। पाइलट हामीसँग छन्। म हिन्दुस्तानलाई भन्न चाहन्छु कि हामीले विवेक प्रयोग गर्न आवश्यक छ।"

दुवै देशसँग रहेका हतियारलाई ध्यानमा राख्दा 'कसैले पनि भूलको परिणाम थेग्न' नसक्ने भन्दै उनले सम्वादको माध्यमबाट विवाद सुल्झाउन आग्रह गरेका थिए।

पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीले पनि ती भारतीय पाइलटलाई मुक्त गर्नेबारे भारतसँग छलफल गर्न तयार रहेको बताएका थिए।

पाकिस्तानी पत्रकार हामिद मीरले आफ्नो ट्वीटमा बताएअनुसार जियो न्यूजसँग एउटा अन्तर्वार्तामा विदेशमन्त्री कुरैशीले भने, ''पाकिस्तान र भारतबीच भइरहेको तनाव यदि विङ कमान्डर अभिनन्दनलाई मुक्त गरेर कम हुन्छ भने हामि यसबारे कुरा गर्न तयार छौँ।"

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

के भने इमरान खानले संसद्‌मा?

इमरान खान
  • भारतीय निर्वाचनलाई दृष्टिगत गरी केही न केही होला भन्ने डर हामीलाई थियो।
  • पुलवामा घटनामा भारतको संलग्नता थियो भन्न मैले खोजेको हैन तर हामीलाई आधा घण्टाभित्र आरोप लगाइयो।
  • आज भारतले कागजपत्र पठायो तर दुई दिन पहिला आक्रमण गर्‍यो। पहिला नै कागजपत्र दिन सक्थे। भारतीय निर्वाचनलाई विचार गरेर भारत सरकारले यसो गर्दैछ।
  • भारतले पाकिस्तानमा आक्रमण गर्दा मैले बिहानै थाहा पाएँ। हामीले सेनाप्रमुखसँग कुरा गर्‍यौँ। हामीले मानिसहरू हताहत भएको समाचार पायौँ। हामीले आफूले केही नगर्ने निर्णय गर्‍यौँ।
  • यदि कोही हताहत नभएका भए र हामीले हताहत गरिदिएको भएको त्यो गलत हुन्थ्यो। हामीले आफू एउटा उत्तरदायी देशका रूपमा आक्रमणबारे आफू मौन नबस्ने देखायौँ।