अमेरिकामा फ्लोरेन्स आँधीको विध्वंस

Published

अमेरिकाका नर्थ र साउथ क्यारोलाइना राज्यमा आएको फ्लोरेन्स नामक शक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। उक्त आँधी बिस्तारै पश्चिमतर्फ बढिरहेको छ।

फ्लोरेन्स
तस्बिरको क्याप्शन, फ्लोरेन्स नामक समुद्री आँधी अमेरिकाको पूर्वी तटीय क्षेत्रमा पुग्नुअघि एट्लान्टिक महासागरमाथि यस्तो दृश्य देखिएको थियो।
फ्लोरेन्स
तस्बिरको क्याप्शन, प्रभावित क्षेत्रका कतिपय मानिसले घरका ढोकामा 'गो अवे फ्लोरेन्स' अर्थात् 'फ्लोरेन्स जाऊ' भन्ने सन्देश लेखेर छाडेका छन्।
फ्लोरेन्स
तस्बिरको क्याप्शन, आँधीका कारण कैयौँ शहरमा बाढी आएको छ र सडकहरू जलमग्न भएका छन्।
फ्लोरेन्स
तस्बिरको क्याप्शन, उद्धारकर्मीहरूले नर्थ क्यारोलाइनाका बाढी प्रभावित मानिसहरूलाई सुरक्षित स्थानमा लगेका थिए।
फ्लोरेन्स
तस्बिरको क्याप्शन, फ्लोरिडास्थित मारिओन काउन्टी विमानस्थलमा कैयौँ हवाईजहाज र हेलिकोप्टरहरूमा पनि आँधीबाट क्षति पुगेको छ।
फ्लोरेन्स
तस्बिरको क्याप्शन, नर्थ क्यारोलाइनाको बेर्न शहरका करिब १५० जना घरभित्र फसिरहेको अधिकारीहरूले बताएका छन्।
फ्लोरेन्स
तस्बिरको क्याप्शन, बन्दरगाहमा राखिएका डुङ्गाहरू शनिवार तीव्र गतिको हावा र बाढीका कारण शहरका सडकमा पुगेका थिए।
फ्लोरेन्स
तस्बिरको क्याप्शन, आफ्ना घरपालुवा जनावरलाई शिविर राख्न नदिइने थाहा पाएपछि प्रभावित क्षेत्रका कतिपय मानिस त्यहाँ जान आनाकानी गरिरहेका थिए।
फ्लोरेन्स
तस्बिरको क्याप्शन, तीव्र गतिका हावाले सयौँ वर्ष पुराना रूखहरू ढालिदिएको थियो।
फ्लोरेन्स
तस्बिरको क्याप्शन, फ्लोरेन्स आँधीको गति बिस्तारै कमजोर हुँदै गए पनि त्यसको विध्वंस जारी छ।