सगरमाथा: जताततै फोहोर

Published

सगरमाथा आरोहणको मौसम यो वर्षका लागि सकिएसँगै सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन्।

सगरमाथा क्षेत्र
तस्बिरको क्याप्शन, सन् १९५३ मे २९ का दिन एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए।
सगरमाथा क्षेत्र
तस्बिरको क्याप्शन, त्यसपछि हजारौँ पर्वातारोहीहरूले विश्वको सर्वोच्च शिखर चढेका छन्। यस वर्ष मात्रै नेपालबाट करिब साढे तीन सय पर्वतारोहीले आरोहणको अनुमति लिएका थिए।
सगरमाथा क्षेत्र
तस्बिरको क्याप्शन, पर्वतारोहण, त्यो पनि सर्वोच्च शिखरको, त्यति सजिलो छैन। तर कीर्तिमान बनाउने आकाङ्क्षा बोकेर बर्सेनि सयौँ व्यक्तिहरू सगरमाथा आरोहण गर्न जान्छन्।
सगरमाथा
तस्बिरको क्याप्शन, आरोही र तिनका सहयोगीको सङ्ख्या बढेसँगै फोहरमैला पनि थपिँदै गएको छ। र, त्यसको व्यवस्थापन झन् चुनौतीपूर्ण बनेको छ।
सगरमाथा क्षेत्र
तस्बिरको क्याप्शन, सगरमाथा आरोहण गरेर फर्किने आरोहीले आफ्नो फोहरमैला फिर्ता ल्याउनुपर्ने बाध्यकारी व्यवस्था छ। तर त्यो कार्यान्वयन हुनसकेको छैन।
सगरमाथा क्षेत्र
तस्बिरको क्याप्शन, सगरमाथा आधार शिविरदेखि माथिका भूभागमा अनुगमन हुन नसक्दा नियमको पालना नभएको र फोहोरमैला थुप्रिने गरेको जानकारहरू बताउँछन्।
सगरमाथा क्षेत्र
तस्बिरको क्याप्शन, सगरमात्रको आधार शिविरदेखि माथिल्ला शिविरसम्म मलमू्त्रलगायत अन्य फोहोर र फिर्ता नल्याइएका सामग्री यत्रतत्र फालिएको भेटिन्छ।
सगरमाथा क्षेत्र
तस्बिरको क्याप्शन, ती समग्रीमा पुराना पाल, अक्सिजनका सिलिन्डर आदि पनि पर्छन्।
सगरमाथा क्षेत्र
तस्बिरको क्याप्शन, प्रत्येक आरोहण दलले आफ्नो फोहोर र आफूले लगेको सबै सामग्री फिर्ता ल्याउनुपर्ने नत्र सरकारलाई बुझाएको चार सय अमेरिकी डलरको धरौटी जफत हुने प्रावधान छ। प्रत्येक आरोहीले फर्किँदा थप आठ किलो फोहोर आधार शिविरसम्म ल्याउनुपर्ने नियम पनि छ। तर त्यसको कार्यान्वयन भए नभएको अनुगमन हुने गरेको छैन।