के तपाईँलाई आफ्नो आयु कति हो जान्न मन छ?

Published

जन्मको बेला विश्वभरि मानिसको औसत आयु 72 वर्ष रहेको छ। त्यसमा पुरुषको 70 र महिलाको 75 वर्ष। तर यो उमेरअनुसार फरक पर्छ। उदाहरणका लागि 69 वर्षे व्यक्ति औसतमा थप 17 वर्ष बाँच्न सक्छ।

स्रोत: ग्लोबल बर्डन अफ डिजीज स्टडी २०१६, इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएशन

यो क्याल्कुलेटरले कसरी काम गर्छ?

यो क्याल्कुलेटरमा औसत आयु गणनाका लागि 'ग्लोबल बर्डन अफ डिजीज स्टडी २०१६' मा प्रकाशित तथ्याङ्क प्रयोग गरिएको छ।

आफ्नो उमेर, लिङ्ग र देशका आधारमा व्यक्ति औसतमा जति बाँच्न सक्छ त्यो उसको आयु हो।

उपरोक्त अध्ययनमा भिन्न उमेर समूहहरूमा रहेको मृत्युदरलाई आधार मानेर प्रत्येक देशको औसत आयु गणना गरिएको छ।

फरक उमेरका व्यक्तिका लागि औसत आयु फरक हुनसक्छ किनभने आयु गणना गर्दा निश्चित उमेर पुगेपछि त्यो व्यक्ति कति बाँच्न सक्छ भनेर हेरिन्छ।

आयु

उदाहरणका लागि सन् २०१६ मा मेक्सिकोमा जन्मिएकी बालिका ७९ वर्षसम्म बाँच्ने अपेक्षा गरिन्छ भने ६५ वर्षे महिलाका लागि औसत आयु ८४ वर्ष हो।

'बाँकी जीवनको कति वर्ष तपाईँ स्वस्थ रहनुहुन्छ' गणना गर्न व्यक्ति राम्रो स्वास्थ्यसहित कति वर्ष बाँच्ने सम्भावना रहन्छ त्यो हेरिन्छ। यसल बाँकी आयुको प्रतिशतका रूपमा देखाइन्छ।

व्यक्तिको बाँकी जीवनमा मृत्यु र अपाङ्गताको दर स्थिर रहेको मानेर परिणाम देखाइन्छ।

Skip रोचक भिडिओ and continue reading

रोचक भिडिओ

  • पटका बोकेको ट्रक राजमार्गमै विस्फोट
  • बास्केटबल फाइनल हेर्न गएका डोनल्ड ट्रम्पविरुद्ध अपमानजनक व्यवहार
  • विलासी रिजोर्ट
  • सी जिन्पिङ र किम जङ अनबीच उत्तर कोरियामा भेटघाट
  • सरकारपक्षीय र्‍याली भइरहँदा क्षेप्यास्त्र उडेपछि इरानीहरू 'खुसी मनाउँदै'
  • मेक्सिकोका शिक्षकद्वारा विश्‍वकपका खेलाडीका मूर्तिमा तोडफोड
  • फिफा विश्‍वकप २०२६ खेल्ने टोलीहरू उत्तर अमेरिका पुग्न थाले
  • कुवेत विमानस्थलमा इरानी ड्रोन प्रहार भएको दृश्यको नयाँ फुटेज
  • विश्‍वकप २०२६
  • उत्तर कोरियाली खेलाडीहरूलाई भेट्दै किम जङ अन
  • इरान नाकाबन्दी तोडेको आरोपमा तेल ट्याङ्करमाथि अमेरिकी आक्रमण
  • भालुले मान्छेलाई झम्टिँदै

धेरै रुचाइएको