संघीय संसद्‌मा शपथका झलक

Published

सांसदहरूले शपथ ग्रहण गरेसँगै संघीय संसद्‌लाई विधिवत् रुपमा आफ्नो काम थाल्न बाटो खुलेको छ।

शपथ
तस्बिरको क्याप्शन, सांसदहरू आ-आफ्नै जातीय वेशभूषामा सजिएर शपथ ग्रहण समारोहमा पुगेका थिए।
शपथ
तस्बिरको क्याप्शन, कतिपय महिला सांसद सारीमा सजिएर आएका थिए।
शपथ
तस्बिरको क्याप्शन, शपथ ग्रहणमा पुगेका सांसदहरूले जनताको अपेक्षामा खरो उत्रनु आफूहरूको प्राथमिकता हुने बताएका छन्।
शपथ
तस्बिरको क्याप्शन, आफ्नो जातीय वेशभूषामा आएका सांसदहरूले पहिचान झल्काउन त्यस्तो स्वरुपमा आएको बताएका थिए।
शपथ
तस्बिरको क्याप्शन, तराईदेखि लिएर हिमालसम्मका क्षेत्रमा लगाइने पहिरनमा सांसदहरू देखिएका थिए।
शपथ
तस्बिरको क्याप्शन, शपथमा भाग लिन पुगेका सांसदहरूलाई स्वागत गर्न काठमाण्डूको नयाँ बानेश्वरस्थित संसद भवनबाहिर सर्वसाधारण फूल लिएर जम्मा भएका थिए।
शपथ
तस्बिरको क्याप्शन, शपथ ग्रहण कार्यक्रमलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको थियो।
शपथ
तस्बिरको क्याप्शन, ज्येष्ठ सदस्यको हैसियतमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले प्रतिनिधि सभाका सांसदहरूलाई शपथ खुवाएका थिए।
शपथ
तस्बिरको क्याप्शन, नेपाली बाहेक विभिन्न १० भाषामा सांसदहरूले शपथ लिएका थिए।
शपथ
तस्बिरको क्याप्शन, ज्येष्ठ सदस्यको हैसियतले राष्ट्रिय सभामा चाहिँ कांग्रेसकी तारादेवी भट्टले शपथ दिलाएकी थिइन्।
शपथ
तस्बिरको क्याप्शन, राष्ट्रिय सभामा मनोनित तीन जनाले भने अदालतको अन्तरिम आदेशका कारण आइतवार शपथ लिन पाएनन्।