तस्वीरमा मुगाबेको राजनीतिक जीवन

मुगाबे
तस्बिरको क्याप्शन, रोबर्ट ग्याब्रिएल मुगाबेले मिशनरी विद्यालयमा अध्ययन गरेका थिए र उनले शिक्षकका रुपमा तालिम लिए। नेल्सन मण्डेलाले अध्ययन गरेको फोर्ट हरे विश्वविद्यालयमा उनी पढेका थिए। सन् १९५८ मा उनी काम गर्न घाना गएका थिए।
Published
मुगाबे
तस्बिरको क्याप्शन, त्यहाँ उनले सेली ह्याफरोनलाई भेटे जोसँग उनले सन् १९६१ मा विवाह गरे। मुगाबेलाई श्वेत राष्ट्रवादीहरुले भर्ती गर्नुअघि खासमा उनी बढी राजनीतिक थिइन्। उनलाई पछि रोडेसियन सरकारले गिरफ्तार गर्‍यो र आफ्ना छोराको अन्तिम संस्कारमा भाग लिन पनि दिएन।
मुगाबे
तस्बिरको क्याप्शन, सन् १९७४ मा जेलबाट रिहा भएपछि उनी अल्पसंख्यक श्वेत जातिविरुद्धको छापामार युद्धका नेताका रुपमा चर्चामा आए।
मुगाबे
तस्बिरको क्याप्शन, ब्रिटेनले आयोजना गरेको शान्ति वार्तामा उनीहरु निःशस्त्र हुन तयार भए। उनीहरुले राष्ट्रवादी मोर्चा बनाए र र पश्चिमा पर्यवेक्षकहरुलाई चकित बनाउँदै सन् १९८० को फेब्रुअरीमा भएको चुनावमा ठूलो जित हात पारे।
मुगाबे
तस्बिरको क्याप्शन, चुनावभन्दा ६ हप्ताअघि मात्रै १० वर्ष निर्वासनमा बसेर रोबर्ट मुगाबे स्वदेश फर्किएका थिए। समावेशी सरकारको नेतृत्व गर्दै उनी प्रधानमन्त्री बने।
मुगाबे
तस्बिरको क्याप्शन, शुरुवाती वर्षहरुमा विश्वभरका नेताहरुले उनको प्रंशसा गरे। सन् १९८६ मा क्युबाका नेता फिडेल काष्ट्रोले जिम्बाब्वेको भ्रमण गरेका थिए।
मुगाबे
तस्बिरको क्याप्शन, ब्रिटेनकी प्रधानमन्त्री मार्गरेट थ्याचरसँग उनको नजिकको सम्बन्ध थियो। शुरुमा उनले आफ्ना श्वेत पूर्व दुश्मनहरुसँग मेलमिलापको नीति लिए र उनीहरुलाई सम्पत्ति राख्ने स्वतन्त्रता पनि दिए।
मुगाबे
तस्बिरको क्याप्शन, आफ्नी पहिलो पत्नीको निधन भएपछि उनले आफ्नी 'टाइपिष्ट' ग्रेस मारुफुसँग सन् १९९६ मा विवाह गरे। सन् १९९० को दशकमा उनको देशले प्रजातान्त्रिक गणतन्त्र कंगोको युद्धमा पनि हस्तक्षेप गर्‍यो जसका कारण अर्थतन्त्रलाई ठूलो नोक्सान भयो।
मुगाबे
तस्बिरको क्याप्शन, सन् १९९७ मा भूमिसुधारबारेको विवादास्पद कार्यक्रमसम्बन्धी वार्ताबाट टोनी ब्लेयर नेतृत्वको ब्रिटिश सरकारले हात झिकेपछि र त्यसको तीन वर्षपछि संविधानमाथिको जनमत संग्रहमा मुगाबेले पराजय बेहोरेपछि मुगाबे समर्थक लडाकुहरुले श्वेत जातिका मान्छेहरुको जग्गामाथि अतिक्रमण गर्न थाले।
मुगाबे
तस्बिरको क्याप्शन, त्यही समयतिरको कुरा हो जब ब्रिटेनमा बन्ने विलासी सुटहरु लगाउन छाडेर उनी आफ्नै तस्वीर अंकित पोशाक लगाएर राजनीतिक अभियानमा देखा पर्न थाले।
मुगाबे
तस्बिरको क्याप्शन, उनको व्यक्तित्वको गाथा गाउन थालियो र सत्तारुढ जानु-पीएफ पार्टीले हरेक वर्ष उनको जन्मदिन मनाउन थाल्यो।
मुगाबे
तस्बिरको क्याप्शन, त्यसमा विलासी केकहरु पनि थिए। श्वेत जातिका किसानहरुविरुद्ध उभिएका कारण त्यसले उनलाई धेरै अफ्रिकीहरुले प्रशंसा गर्दै एक नायकको रुपमा लिन्छन् भन्ने कुरा यो केकले दर्शाउँछ।
मुगाबे
तस्बिरको क्याप्शन, तर विशेषगरी शहरी क्षेत्रमा उनको लोकप्रियता निरन्तर खस्किंदै गयो। सन् २००८ मा सम्पन्न राष्ट्रपतीय चुनावको पहिलो चरणमा उनी पराजित भए। एमडीसी दलले हिंसालाई कारण देखाउँदै उम्मेदवारी फिर्ता लिएपछि उनी राष्ट्रपतिमा चुनिए।
मुगाबे
तस्बिरको क्याप्शन, अमेरिका र युरोपेली संघले प्रतिबन्धहरु लगाएपछि उनले 'पूर्व फर्क' को नीति लिएर चीनबाट लगानी भित्र्याउने प्रयास गरे। उनी उपचारका लागि पनि एसियाको भ्रमण गर्ने गर्थे। उनकी छोरी बोना (बीच) ले हंगकंग र सिंगापुरमा अध्ययन गरेकी थिइन्।
मुगाबे
तस्बिरको क्याप्शन, चार वर्ष मिलिजुली सरकार चलाएपछि उनको दल जानु-पीएफले सन् २०१३ को चुनावमा जित हात पार्‍यो। आदिवासीका मुद्दामा जोड दिंदै उनले अश्वेत जिम्बाब्वेलीहरुले अर्थतन्त्र नियन्त्रण गर्ने नीति अन्त्य गर्ने घोषणा गरे तर नगद अभावका कारण सन् २०१६ मा मुगाबेविरुद्ध प्रदर्शनहरु भए।
मुगाबे
तस्बिरको क्याप्शन, सन् २०१७ को नोभेम्बरमा सेनाले सत्ता हातमा लियो तर त्यो सत्तापलट नभएको भन्दै मुगाबेलाई पद छाड्न दबाव दिइरह्यो। राष्ट्रपति मुगाबे आंलकारिक समारोहमा सहभागी भए र यो तस्वीरले उक्त अन्तरविरोधको चित्रण गर्छ।
मुगाबे
तस्बिरको क्याप्शन, उनीहरु आफ्नो कदम 'कू' जस्तो नदेखियोस् भन्नेमा सावधान थ‍िए। मुगाबेले केही जिम्मेवारीलाई पनि निरन्तरता दिए तर वयोवृद्ध उमेरका कारण एउटा दिक्षान्त समारोहका बेला उनी उँघिरहेका थिए।
मुगाबे
तस्बिरको क्याप्शन, तर जनप्रदर्शन र महाभियोग प्रक्रियाका दबाव माझ ९३ वर्षीय यी नेता घुँटा टेक्न बाध्य भए। ३७ वर्ष सत्तामा बिताएपछि उनले राजीनामा दिए, जुन राजीनामापछि खुसियाली मनाइँदैछ।