न्यूयोर्क आक्रमणका दृश्य

Published

न्यूयोर्कमा एक व्यक्तिले फुटपाथ र साइकल लेनमा ट्रक जोताउँदा कम्तीमा आठजनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन्।

न्यूयोर्क
तस्बिरको क्याप्शन, स्थानीय समय अनुसार मंगलवार दिउँसो न्यूयोर्कको लोअर म्यानह्याटनमा फुटपाथ र साइकल लेनमा सेतो रंगको एउटा पिक-अप ट्रक जोताइएको प्रहरीले जनाएको छ।
न्यूयोर्क
तस्बिरको क्याप्शन, घटनामा कम्तीमा आठजना मारिएका छन् भने ११ जना गम्भीर घाइते भएका छन्। घटनास्थलमा साइकलहरु लडिरहेको देख्न सकिन्थ्यो।
न्यूयोर्क
तस्बिरको क्याप्शन, प्रहरीका अनुसार फुटपाथ र साइकल लेनमा जोताइएको ट्रक एउटा स्कूल बससँग ठोक्किएको थियो।
न्यूयोर्क
तस्बिरको क्याप्शन, त्यसपछि पिक-अप ट्रकबाट निस्केका व्यक्तिमाथि प्रहरीले गोली हाने र उनलाई नियन्त्रणमा लिए। स्थानीय सञ्चारमाध्यमका अनुसार ट्रक चालक सेफुलो साइपभ भएको पहिचान गरिएको छ र सन् २०१० मा उनी उज्बेकिस्तानबाट अमेरिका पुगेको ठानिएको छ।
न्यूयोर्क
तस्बिरको क्याप्शन, घाइते भएका केही मानिसहरुलाई घटनास्थलमै प्राथमिक उपाचार गरिएको थियो…
न्यूयोर्क
तस्बिरको क्याप्शन, …केहीलाई चाहिँ तुरुन्तै अस्पताल पुर्‍याइएको थियो।
न्यूयोर्क
तस्बिरको क्याप्शन, आक्रमणका बेला धेरै प्रत्यक्षदर्शीहरु अत्तालिएको देखिएका थिए।
न्यूयोर्क
तस्बिरको क्याप्शन, प्रहरीले कुकुरको प्रयोग गरी सवारीसाधनको सुरक्षा जाँच गरेका थिए।
न्यूयोर्क
तस्बिरको क्याप्शन, प्रहरीले उक्त क्षेत्र ‘सील’ गरेपछि अभिभावकहरुले नजिकैका विद्यालयहरुबाट आफ्ना बच्चाहरु लगेका थिए।
न्यूयोर्क
तस्बिरको क्याप्शन, घटना लगत्तै न्यूयोर्क शहर र राज्यका उच्च अधिकारीहरुको एउटा आपतकालीन बैठक बसेको थियो। घटनालाई न्यूयोर्कका मेयर बिल डे ब्लाजिओले शहरको मुटुमा निर्दोष नागरिकलाई निशाना बनाउने उद्देश्यले गरिएको कायरतापूर्ण आतंककारी कार्यको संज्ञा दिएका छन्।