लाइभ पेजबाट बिदा चाहन्छौँ
भोटेकोशी-त्रिशूली बाढीको आठौँ दिनमा यस घटनासम्बन्धी मुख्यमुख्य अप्डेट यस प्रकार छन्।
- बाढीले निम्त्याएको विपत्तिमा नेपालमा १,२०० जनाभन्दा बढी मानिसको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ।
- ठूलो सङ्ख्यामा मानिसहरू अझै सम्पर्कविहीन रहेकै बखत हराएका केही मानिसका आफन्तले काजकिरिया थालेका छन्।
- भोटेकोशी-त्रिशूली बाढीले विध्वंस मच्चाएको आठौँ दिन प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'द्वारा सरकारले गरेका कामकारबाहीबारे संसद्लाई जानकारी दिएका छन्, विपक्षी दलका नेताहरूले भने सरकारको कमजोरी औँल्याएका छन्।
- जलविद्युत् पूर्वाधार तथा निजी आवाससमेतका अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको अधिकारी तथा जानकारहरूले बताएका छन्।
- बाढीपछि उद्धार संयन्त्रलाई नै 'अलमल्याउने गरी' भ्रामक सूचनाको भेल आएको देखिएको छ।
- जलविद्युत् आयोजनाका सुरुङभित्र फसेको ठानिएका मानिसलाई उद्धार गर्ने प्रयास जारी रहेको छ।
यससँगै हामी आजका लागि यो पेज बन्द गर्दै छौँ। हाम्रो लाइभ पेज हेरिदिनुभएकामा धन्यवाद।
अन्य समाचारका लागि हाम्रो वेबसाइट हेर्नुहोला। हाम्रा सामग्रीहरू फेसबुक, इन्स्टाग्राम रयूट्यूबमा पनि उपलब्ध छन्।
शुभरात्रि।



















