भोटेकोशी-त्रिशूली बाढीले क्षति पुर्याएका व्यवसायीलाई कस्तो राहत
भोटेकोशी-त्रिशूली बाढीका कारण क्षति बेहोर्नुपरेका व्यवसायीहरूलाई राहत दिने उद्देश्यले सरकारले व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ।
व्यवसाय गुमाएका वा आर्थिक क्षति बेहोरेका व्यवसायीलाई भन्सार छुट अनि व्यवसाय गर्दाको ऋण र बीमामा सहुलियत दिने उद्देश्यले सो प्याकेज घोषणा गरेको सरकारले बताएको छ।
कस्ता व्यवसायीले त्यस्तो सहुलियत पाउँछन्? प्याकेजमा केके छ? अनि सहुलियत प्राप्त गर्न कस्तो प्रकिया अपनाउनुपर्छ त?
यस विषयमा 'बीबीसी हातेमालो'का लागि सागर बुढाथोकीले अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालसँग कुराकानी गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।