विपद्को बेला मिथ्या समाचारको बिगबिगीबाट कसरी जोगिने

भिडिओ क्याप्शन सुरु हुँदैछ,
विपद्को बेला मिथ्या समाचारको बिगबिगीबाट कसरी जोगिने
Published

गत भदौ महिनामा विनाशकारी बाढी आएपछि सामाजिक सञ्जालमा विभिन्न किसिमका तस्बिर, भिडिओ र सूचना भाइरल बने।

झट्ट हेर्दा वास्तविकजस्तै लाग्ने कतिपय त्यस्ता सामग्री एआईबाट सिर्जित थिए। कैयौँ मानिसहरू त्यस्ता सामग्रीबाट प्राप्त हुने सूचना सही नभएको छुट्ट्याउन सक्दैनन्।

विपद्का बेला फैलिने मिथ्या सूचनाबाट कसरी बच्ने, सही सूचना कसरी र कहाँबाट लिने भनेर 'बीबीसी हातेमालो'का लागि सागर बुढाथोकीले फ्याक्टचेकर तथा पत्रकार दीपक अधिकारीलाई सोधेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।