विपद्ले पारेको मानसिक चोट बिर्सिन मदिराको 'सहारा', कस्तो हानि हुन्छ
गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा सयौँ मानिसले आफ्ना परिवारजन र सम्पत्तिसँगै जीविकोपार्जनका उपाय पनि गुमाए।
प्रत्यक्ष प्रभावित जिल्लाका कैयौँ मानिसहरू घरबारविहीन भएर शेल्टर वा डेरामा बस्न बाध्य भएको पनि झन्डै तीन महिना भइसकेको छ।
यो अवधिमा भोग्नुपरेको पीडाका कारण कतिपयमा मानसिक आघात पनि पुगेको पाइएको छ। यस्तो बेला केही मानिसले भने पीडा भुल्ने उद्देश्यले मदिरा सेवनको सहारा लिने गरेको भनेर जानकारहरूले चिन्ता व्यक्त गरेका छन्।
यसै सन्दर्भमा 'बीबीसी हातेमालो'का लागि निरञ्जन राजवंशीले मनोचिकित्सक प्रा डा सरोज ओझासँग कुराकानी गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।