'अस्थायी शिविरबाट डेरा हुँदै घर': बाढीबाट विस्थापित मानिसलाई पुनर्वास गराउने चरणबद्ध योजना

भिडिओ क्याप्शन सुरु हुँदैछ,
'अस्थायी शिविरबाट डेरा हुँदै घर': बाढीबाट विस्थापित मानिसलाई पुनर्वास गराउने चरणबद्ध योजना
Published

गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण घरबारविहीन भएपछि हजारौँ मानिसहरू अहिले अस्थायी शिविरमा बस्न बाध्य छन्।

उनीहरूलाई लक्षित गर्दै केही स्थानीय सरकारले 'शेल्टर टु रूम, रूम टु होम' भन्ने नारा बनाएर उनीहरूलाई अस्थायी आश्रयस्थलबाट डेरा र क्रमशः घरमा स्थानान्तरण गर्ने उद्देश्यसहित काम गर्न थालेका छन्।

पहिलो चरणमा शेल्टरमा रहेका थुप्रै मानिसलाई शिविरबाट डेरामा पठाउन थालिएको थालिएको स्थानीय निकायका अधिकारीहरूले बताएका छन्।

यसै सन्दर्भमा बाढीबाट अत्यन्त प्रभावित नुवाकोट जिल्लाको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठसँग 'बीबीसी हातेमालो'का लागि निरञ्जन राजवंशीले कुराकानी गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।