बाढीले खानेपानीका मुहान बगाएका ठाउँका लागि सरकारको योजना के छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, भोटेकोशी-त्रिशूली बाढी प्रभावित क्षेत्रमा खानेपानी समस्या
बाढीले खानेपानीका मुहान बगाएका ठाउँका लागि सरकारको योजना के छ
Published

गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा खानेपानीको मुहानसँगै पाइप र धारा पनि बगायो।

अहिले प्रभावित क्षेत्रमा खानेपानी पर्याप्त मात्रामा पुग्न सकेको छैन।

बाढीबाट प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइको लागि सरकारले पानीको व्यवस्थापन कसरी गरिरहेको छ त?

यस विषयमा 'बीबीसी हातेमालो'का लागि साथी सागर बुढाथोकीले पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रवक्ता रत्न प्रसाद लामिछानेसँग कुराकानी गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।