बाढीले खेत बगाएका किसानले कस्तो राहत पाउँछन्, 'बगर'मा कस्तो खेती हुन सक्छ
भोटेकोशी र त्रिशूलीमा आएको बाढीले कैयौँ स्थानमा ती नदीको किनारमा भएका खेतबारी बगेका छन् भने कतिपय स्थानको खेतीपातीमा ठूलो क्षति पुगेको छ।
धेरै खेतबारीमा बालुवा, ढुङ्गा र लेदो थुप्रिएकाले त्यहाँ तत्कालै विगतको झैँ अन्नबाली लगाउन नसकिने विज्ञहरू बताउँछन्।
बाढीले कृषि क्षेत्रमा पुर्याएको क्षतिको वास्तविक तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।
यसै सन्दर्भमा कृषकका लागि सरकारले राहतका कस्तो योजना बनाएको छ र बगर बनेका स्थानमा तत्कालै कस्तो अन्नबाली लगाउन सकिन्छ भन्ने बुझ्ने प्रयास हामीले गरेका छौँ।
'बीबीसी हातेमालो'का लागि कृषि विभागका उपमहानिर्देशक विनोदकुमार भट्टराईसँग प्रतीक्षा खनालले गरेको कुराकानी सुन्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।