बाढीपछि वितरण गरेर बचेका राहत सामग्रीको व्यवस्थापन
भोटेकोशी-त्रिशूली बाढीपछि प्रभावित मानिसका लागि भनेर ठूलो परिमाणमा राहत सामग्री सङ्कलन भयो।
अमेरिका, भारत र चीनसहितका मुलुक तथा दातृनिकाय, सङ्घसंस्था र समूहहरूबाट खाद्यान्न तथा गैरखाद्यान्न राहत सामग्री प्राप्त भयो।
ती सामग्री प्रभावितहरूलाई बाँडेर पनि धेरै मात्रामा मौज्दात रहेको सरकारले बताउँदै आएको छ।
बाढीपछि कति राहत सामग्री उपलब्ध भयो र वितरण गरेर बचेका राहत सामग्री खेर नजाओस् भन्नका लागि कसरी व्यवस्थापन गरिएको छ?
यस विषयमा 'बीबीसी हातेमालो'का लागि प्रतीक्षा खनालले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता उपसचिव रामबहादुर केसीसँग कुराकानी गरेकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।