तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पिताको शवनजिकै उभिएर रोए दिवङ्गत इरानी सर्वोच्च नेताका छोराहरू
इरानका दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको शवयात्रा सुरु भएको छ। तेहरानमा आयोजित शवयात्रामा हजारौँ मानिस सहभागी भए।
पैँतीस वर्षभन्दा बढी समय इरानमा शासन गरेका खामेनेईको गत फेब्रुअरीमा अमेरिका-इजरेल हवाई आक्रमणमा मृत्यु भएको थियो। छ दिनसम्म चल्ने राजकीय अन्तिम संस्कारको कार्यक्रम जुलाई ९ मा उनको शवलाई समाधिस्थ गरेपछि टुङ्गिने छ।
केही दिनअघि शवपेटिकानजिकै भेला भएर उनका छोराहरू भक्कानिएको र शोक मनाइरहेको देखिएको थियो। तर आफ्ना पिताको उत्तराधिकारीका रूपमा सर्वोच्च नेता बनेका उनका जेठा छोरा मूज्तबा भने सार्वजनिक रूपमा देखा परेका छैनन्।
पिताको ज्यान लिने आक्रमणमा उनी पनि घाइते भएको चर्चा चल्दै आएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।