ड्रोनले यसरी ओसार्ने छन् हिमालबाट आरोहीको मलमूत्र

भिडिओ क्याप्शन सुरु हुँदैछ, ड्रोनले यसरी ओसार्ने छन् हिमालबाट आरोहीको मलमूत्र
ड्रोनले यसरी ओसार्ने छन् हिमालबाट आरोहीको मलमूत्र
Published

आगामी अक्टोबर र नोभेम्बर महिनामा सगरमाथा क्षेत्रमा रहेको आमादब्लम हिमालबाट त्यहाँ छरपस्ट रहेको मानव मलमूत्र तल झार्न ड्रोनको प्रयोग गरिने अधिकारीहरूले बताएका छन्।

ड्रोनले आरोहीको मलमूत्रका अतिरिक्त हिमालमा जम्मा भएको फोहोर समेत तल ल्याउने सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाले बताए।

गत अप्रिल महिनामा सगरमाथामा ती ड्रोनको 'पहिलो तथा सफल परीक्षण' भएपछि ड्रोन सञ्चालनका लागि 'आइसफल डाक्टर'हरूलाई समेत तालिम दिइएको बताइएको छ।

आमादब्लम हिमालपछि उक्त टोलीले सगरमाथा हिमालबाट मलमूत्र तल झार्ने बताइएको छ।

ड्रोनको प्रयोगले मानव ज्यान कम जोखिममा पर्ने तथा कम समय र खर्चमा हिमाल सफाइ गर्न सकिने अधिकारीहरूको ठानेका छन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।