ज्यान जोखिममा राखेर रेलको छतमा यात्रा गर्नेहरू नियन्त्रणमा
ज्यान जोखिममा राखेर रेलको छतमा यात्रा गर्नेहरू नियन्त्रणमा
Published
अमेरिकामा ज्यान जोखिममा राखेर रेलको छतमा यात्रा गर्ने किशोरकिशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
न्यूयोर्क प्रहरी विभागले रेलको छतमा यात्रारत पाँच किशोरकिशोरीलाई फेला पार्न र पक्राउ गर्न ड्रोनको सहायता लिएको छ।
न्यूयोर्कलगायत विश्वका धेरै सहरहरूमा 'सबवे सर्फिङ' वा 'ट्रेन सर्फिङ' भनिने यस्तो क्रियाकलाप प्रतिबन्धित छ।
पछिल्ला वर्षहरूमा 'सबवे सर्फिङ' गर्दा धेरै मानिसको ज्यान गएको बताइन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



