कोहिनूर हीरा फिर्ता गर्न राजा चार्ल्सलाई आग्रह
न्यूयोर्क सिटीका मेअर जोहरान मम्दानीले ब्रिटिश राजा चार्ल्ससँग भेट्नु केही घण्टाअघि यूकेले भारतलाई कोहिनूर हीरा फिर्ता गर्नुपर्ने आशय व्यक्त गरेका छन्।
भारतले लामो समयदेखि १०५ क्यारटको उक्त रत्नमाथि आफ्नो हक दाबी गर्दै आएको छ। कोहिनूर हाल ब्रिटिश 'क्राउन जूअल्स'को सङ्ग्रहमा छ।
भारतले ब्रिटिश शासनकालमा कोहिनूर हीरा चोरी भएको दाबी गर्दै आएको छ।
एउटा पत्रकार सम्मेलनमा बोल्दै भारतीय मूल भएका मम्दानीले अवसर मिलेमा आफूले राजालाई उक्त हीरा फिर्ता गर्न प्रोत्साहित गर्ने बताएका थिए।
पछि उनको भेट अमेरिका भ्रमणमा रहेका राजा चार्ल्ससँग ९/११ आक्रमणका पीडितहरूलाई सम्मान गर्ने कार्यक्रममा भयो। तर उनले कोहिनूरको विषय उठाए कि उठाएनन् भन्ने स्पष्ट छैन।
राजा चार्ल्स र रानी कमिला चारदिने भ्रमणका लागि संयुक्त राज्य अमेरिका सोमवार अमेरिका पुगेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



