हिमालहरू कसरी बने?

हिमालहरू कसरी बने?
Published

हिमालहरू कसरी बने भन्ने तपाईँलाई थाहा छ?

यो खासमा दशौँ लाख वर्षअघि सुरु भएको कथा हो।

करिब चारदेखि पाँच करोड वर्ष पहिले दुई मुख्य टेक्टोनिक प्लेटहरू द इन्डियन प्लेट र द युरोशियन प्लेट ठोक्किन पुगे।

दुवै महादेशीय प्लेटहरूको सामुद्रिक प्लेटहरूको तुलनामा घनत्व कम थियो, त्यसैले तिनीहरू एकको मुनि अर्को सजिलै छिर्न सकेनन्।

यो टकरावबाट उत्पन्न विशाल दबावको शक्तिले पृथ्वीको बाह्य सतह क्रस्टलाई माथिमाथि धकेल्दै गयो, अनि क्रमश: पृथ्वीको सतह हिमालमा परिणत हुँदै गयो।

हिमालय पर्वत शृङ्खला अहिले तिब्बती पठार र भारतीय उपमहाद्वीपबीच एउटा सीमाजस्तो स्वरूपमा अवस्थित छ।

यसबारे विस्तृतमा जान्न यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।