बस दुर्घटनाबारे रिपोर्टिङ गर्न गएको हेलिकप्टर खस्दा तीन जनाको मृत्यु

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बस दुर्घटनाबारे रिपोर्टिङ गर्न गएको हेलिकप्टर खस्दा तीन जनाको मृत्यु
Published

मङ्गलवार साँझ लस एन्जलसको बाह्य भागमा दुईवटा व्यावसायिक भवनहरूको बीचमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

दुर्घटनापछि नजिकै रहेका सवारीसाधन र मालवाहक कन्टेनरहरूमा आगो लागेको थियो।

उक्त हेलिकप्टर आफ्नो भएको र एउटा घातक बस दुर्घटनाबारे रिपोर्टिङ गर्न प्रयोग गरिएको 'एनबीसी लस एन्जलस'ले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।