दलदलमा फसेको एकसिङ्गे गैँडाको उद्धार

भिडिओ क्याप्शन सुरु हुँदैछ, कसरी उद्धार गरियो दलदलमा फसेको एकसिङ्गे गैँडा?
दलदलमा फसेको एकसिङ्गे गैँडाको उद्धार
    • Author, ईश्वर जोशी
    • Role, चितवन

चितवन राष्ट्रिय निकुञ्जले दलदलमा फसेको दुर्लभ एकसिङ्गे गैँडाको सकुशल उद्धार गरेको छ।

नवलपुरको पिठौली लामिचौर सामुदायिक वनको दक्षिणतर्फ नारायणी नदीको किनारमा दलदलमा फसेको अवस्थामा भेटिएको गैँडालाई उद्धार गरिएको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापाले बताए।

उद्धारमा राष्ट्रिय निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, पशुस्वास्थ्यकर्मी, सेना र स्थानीय बासिन्दा सहभागी रहेका थिए।

दलदलमा फसेको गैँडालाई हात्ती उठाउने बेल्टले बाँधेर एक्स्क्याभेटरको सहयोगमा बाहिर निकालिएको हो।

चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेको बताइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।