सगरमाथामा बाटो खुल्ने प्रतीक्षा गरिरहेकाहरू

सगरमाथामा बाटो खुल्ने प्रतीक्षा गरिरहेकाहरू

सगरमाथा आरोहण गर्ने मार्ग हिउँको ठूलो ढिस्को ‘सेर्‍याक’का कारण अवरुद्ध हुन पुगेकाले ४२५ पर्वतारोहीहरू वसन्त यामका महत्त्वपूर्ण दिनमा आधारशिविरमा रहन बाध्य भएका छन्।

बाटो खुल्ने आशामा बसेकामध्ये केही पर्वतारोहीहरूलाई आधार शिविरको बसाइ रमाइलो नै लागेको छ भने केही अधीर बनेका छन्। कोही किताब पढेर समय बिताउँछन् कोही तास खेल्छन्।

केही दिनअघि सगरमाथा आरोहणका लागि वैकल्पिक बाटो बनाउने कार्य पुन: सुरु भइसकेको उक्त कार्यमा संलग्न शेर्पाहरूले बताएका छन्।

विभिन्न देशबाट पहिलो पटक सगरमाथा चढ्न आएका केही महिला अरोहीहरू के भन्छन्? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।