३२औँ पटक सगरमाथाको चुचुरोमा पुगेर कामिरिता शेर्पाले के भने
बत्तीस पटक सगरमाथाको सफल आरोहण गर्दै कामिरिता शेर्पाले आफ्नै पुरानो कीर्तिमान भङ्ग गरेका छन्।
पर्यटन विभागका अनुसार यसपालि उनी मे १७ आइतवार बिहान १०:१२ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन्।
सोलुखुम्बुको थामेमा जन्मेका शेर्पाले ले सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए। उनी गत वर्ष पटक र त्यसअघि २०८१ सालमा दुई पटक सगरमाथाको शिखरमा पुगेका थिए।
विश्वको सर्वोच्च शिखर आरोहण गरेर दुर्लभ कीर्तिमान बनाउने यी पर्वतारोही के भन्छन्? हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ स्टोरी।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



