दिल्लीमा पक्राउ परेका प्रदर्शनकारीहरू बस फोडेर भागे

भिडिओ क्याप्शन सुरु हुँदैछ,
दिल्लीमा पक्राउ परेका प्रदर्शनकारीहरू बस फोडेर भागे
Published

भारतको दिल्लीमा विरोधप्रदर्शनका क्रममा पक्राउ परेका मानिसहरू बस फुटाएर बाहिर निस्किएका छन्।

मतदाता नामावलीबाट लाखौँ लाख मानिसको नाम हटाइएको भन्दै भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्न दिल्ली र मुम्बईमा विगत केही दिनदेखि विरोधप्रदर्शन जारी छ।

समाचार सङ्कलन गर्ने गएका महिला पत्रकारहरूसँग प्रहरीले यौनदुर्व्यवहार गरेको आरोप लागेपछि प्रदर्शन चर्किएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।