चन्द्रमामा मानिस बस्न मिल्ने स्थायी शिविर बनाउने नासाको योजना
अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमामा बस्न मिल्ने स्थायी शिविर बनाउने आफ्नो योजनाको खाका सार्वजनिक गरेको छ। नासाले सन् २०३२ सम्म आफ्नो योजनाले पूर्णता पाउने जनाएको छ।
नासा प्रमुख ज्यारड आइज्याक्मनका अनुसार अमेरिका पुनः चन्द्रमामा फर्किने मात्र नभई यसपालि "त्यहीँ बस्ने" छ।
एप्रिल महिनामा आर्टमिस २ मिशन सफल भएपछि नासाले चन्द्रमामा स्थायी शिविर बनाउने घोषणा गरेको हो।
नासामा बन्ने स्थायी शिविरले अमेरिकालाई चन्द्रमामा वैज्ञानिक प्रयोगहरू गर्न, सम्भवतः मूल्यवान् पदार्थहरू उत्खनन गर्न र मङ्गल ग्रहको यात्रालाई सहज बनाउन सघाउने ठानिएको छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



