संसद् भवनअगाडि आफैँलाई आगो लगाएका प्रेम आचार्यको निधनपछि अब सरकार के गर्छ?

माइतीघरमा प्रदर्शन गर्दै
तस्बिरको क्याप्शन, मङ्गलवारको घटनालाई लिएर बुधवार राजधानीमा प्रदर्शन भएको छ
Published

संसद्‌ भवन अगाडि आफैँलाई आगो लगाएका पूर्वी नेपालको इलामका एकजना व्यवसायी युवाको बुधवार निधनभएपछि उनले त्यसरी मृत्युवरण गर्नुको कारणबारे अनुसन्धान सुरु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा गृह मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताएका छन्।

मृतक प्रेमप्रसाद आचार्यले चाहिँ आफूले त्यस्तो कदम चाल्नुअघि सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो विवरण लेख्दै “आफू व्यवसायका कारण आर्थिक रूपमा डुबेको” र त्यसका लागि “सरकारी नीतिहरू दोषी रहेको” उल्लेख गरेका थिए।

सोही कारणबाट आफूले मानसिक समस्या भोगेको र “कुनै उपाय नदेखेपछि आत्मदाहको बाटो रोजेको” उनको फेसबुकमा उल्लेख छ।

यद्यपि फेसबुकमा त्यसरी व्यक्त गरिएका कुरा आचार्यकै हुन् वा होइन भन्नेबारे पनि अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

मङ्गलवार दिउँसो आचार्यले काठमाण्डूको बानेश्वरस्थित संसद् भवन अगाडि आफ्नो शरीरमा पेट्रोल छर्किएर आफैँलाई आगो लगाएका थिए।

उनलाई कीर्तिपुरस्थित 'बर्न अस्पताल' मा उपचारका लागि लगिएको र उपचारकै क्रममा बुधवार उनको निधन भएको प्रहरीले जनाएको छ।

आचार्यले के लेखेका छन्?

मङ्गलवार फेसबुकमा राखिएको पोस्टमा आचार्यले सुरुमा आफूले काठमाण्डूमा ट्राभल एजेन्सी खोलेर व्यापार गरेको र त्यो असफल भई ऋण लागेपछि वैदेशिक रोजगारीमा गएको उल्लेख छ।

वैदेशिक रोजगारीबाट फर्केर पुरानो कर्जा चुक्ता गरी इलाम फर्किएर कृषिमा आधारित सानो उद्योग खोलेको र विभिन्न उत्पादनहरू नेपालका नाम चलेका व्यापारिक स्टोरहरूलाई उधारोमा दिएको लेखिएको छ।

तर उधारो लगिएको सामानको समयमै भुक्तानी नपाइएको, ऋण बढ्दै गएको र व्यक्तिगत ऋण लिनु परेको अनि व्यवसाय नै डुब्ने अवस्था बनेको उनले उल्लेख गरेका छन्।

व्यवसाय डुबेपछि आफू मानसिक समस्यामा समेत परेको आचार्यको फेसबुकमा एकाउन्टमा उल्लेख छ।

उनले आफ्नो यस्तो अवस्था हुनुमा मुख्यतः राज्य र उसका नीतिहरू दोषी रहेको उल्लेख गरेका छन्।

प्रदर्शन

उनले उठाएका प्रश्नहरू

आचार्यले उठाएका प्रश्नहरू सरकारी नीति, नेपालको राजनीतिक र आर्थिक प्रवृत्तिसँग सम्बन्धित देखिएका छन्।

उक्त विवरणमा त्यस्ता २५ वटा समस्या उल्लेख गर्दै समाधानका लागि सरकारलाई आग्रह पनि गरिएको छ।

अधिकांश मागहरू नेपालको आर्थिक नीतिसँग सम्बन्धित छन्।

त्यस्ता मागमा राष्ट्रिय उत्पादनमा मूल्य अभिवृद्धि कर भ्याट शून्य गर्नुपर्ने, कुनै पनि उत्पादन किन्नेले सुरुमै पूर्ण भुक्तानी दिनुपर्ने र उधारोमा सामान किन्न नपाउने व्यवस्था गर्नुपर्ने तथा जग्गाको स्वामित्व अनन्तसम्म हुने व्यवस्था अन्त्य गर्नुपर्ने जस्ता विषय छन्।

त्यस्तै गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने, घर बहाल कर अनिवार्य गरेर घरधनीसँगै उठाउनुपर्ने, शिक्षित व्यक्ति वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति नलिई जान पाउनुपर्ने व्यवस्था गर्नुपर्ने, स्वास्थ्य, शिक्षा र सार्वजनिक यातायातलाई सहज र सरल बनाउनु पर्ने, ब्याङ्कहरूको धितो नीति परिमार्जन हुनुपर्ने, बचत तथा ऋण सहकारी, फाइनान्स कम्पनी र माइक्रो फाइनान्सलाई खारेज गर्नुपर्ने जस्ता विषय पनि उनले उठाएका छन्।

उक्त स्ट्याटसमा नेपालका प्रतिष्ठित भनिएका कैयौँ व्यापारिक समूहहरू तथा नेपालका चर्चित व्यक्तिहरूलाई पनि कतिपय विषयमा आरोप लगाइएको छ।

प्रदर्शन

‘अनुसन्धान सुरु भइसक्यो’

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले मङ्गलवारको घटनाबारे त्यसै दिनबाट अनुसन्धान सुरु भइसकेको बताए।

उनले भने, “त्यो घटना भएपछि प्रहरीले नै उनलाई अस्पताल पुर्‍याएको हो र अनुसन्धान सुरु भइसकेको छ।”

“परिवारसँग सम्पर्क गरेर बुझ्दा उहाँ डिप्रेसनमा हुनुहुन्थ्यो भन्ने कुरा आएको छ। थप प्रहरीले हेर्दैछ।”

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले पनि प्रहरीले अनुसन्धान गरिरहेको बताए।

उनले भने, “काठमाण्डू प्रहरी परिसरले त्यसबारे अनुसन्धान गरिरहेको छ। हामी सबै खाले सम्भावित कारणबारे अनुसन्धान गर्नेछौँ।”

गृहमन्त्रीले के भने?

गृहमन्त्री रवि लामिछाने
तस्बिरको क्याप्शन, गृहमन्त्री रवि लामिछाने

गृहमन्त्री रवि लामिछानेले “राजनीतिमा नयाँ दलको आगमनले समेत” प्रेमप्रसाद आचार्यजस्ता व्यक्तिमा उत्साह थप्न नसकेकोमा आफूलाई दुःख लागेको बताएका छन्।

उनले बुधवार बिहान फेसबुकमा लेख्दै त्यस्तो धारणा व्यक्त गरेका हुन्।

लामिछानेले लेखेका छन्, “एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र? यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ।“

“मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पीडाको परिणाम हो। दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाह को निर्णय फेर्न सकेन।“

“यसमा हामी दोषी छौँ, म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईँमा आशा जगाउन सकेनौँ, हामीलाई माफ गर्नु होला। तपाईँको आत्माले चिर शान्ति पाओस्, परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।“

सामाजिक सञ्जालमा आक्रोश

आचार्यको उक्त कदमपछि सामाजिक सञ्जालमा राजनीतिक दलका नेतादेखि कैयौँले सरकारी नीति, संयन्त्र र कर्मचारीतन्त्रप्रति आक्रोश व्यक्त गरेका छन्।

जनमत पार्टीका अध्यक्ष सीके राउतले “गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेको” बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

X पोस्ट समाप्त, 1

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले “राज्य र नेतृत्वप्रतिको चरम निराशाबारे” समयमै सोच्नुपर्ने बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

X पोस्ट समाप्त, 2

काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाहले आचार्यले उठाएको कदममा सबैभन्दा ठूलो दोष राज्यको रहेको उल्लेख गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, “त्यो आत्मदाहका धेरै कारण र धेरै सङ्केतहरू होलान् तर सबैभन्दा ठूलो कारण राज्य हो। र, सबैभन्दा भयानक सङ्केत राज्यको चरम असफलताको हो।”

“उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ। राज्यका हरेक तप्का, निकाय र अङ्गहरू असफल भएका छन्।”

बालेनको फेसबुक पोस्ट
तस्बिरको क्याप्शन, बालेनको फेसबुक पोस्ट

नेपाल सरकारका पूर्व सचिव शीतलबाबु रेग्मीले “इमानदार र मेहनत गर्नेले इज्जत र सफलता नपाउने तर चाटुकारको फलिफाप” हुने अवस्थाले आचार्यको अवसान भएको लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

X पोस्ट समाप्त, 3

विवेकशील साझा दलकी पूर्व नेतृ रञ्जु दर्शनाले आचार्यको बक्यौता नतिर्नेहरूले उनको श्रीमतीको खातामा रकम जम्मा गर्नुपर्ने उल्लेख गरेकी छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

X पोस्ट समाप्त, 4

नेकपा (एकीकृत समाजवादी)का नेता विजय पौडेलले उक्त घटनाबारे संयमित भएर सरकारको ध्यानाकर्षण गराउनुपर्ने लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

X पोस्ट समाप्त, 5

बोतलमा पेट्रोल नबेच्न प्रहरीको आग्रह

प्रहरी

यसैबीच जिल्ला प्रहरी परिसर काठमाण्डूले केही पेट्रोल पम्पहरूबाट बोतल, जर्किनलगायतका भाँडामा पेट्रोलियम पदार्थ बिक्री भएकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

एउटा सूचना जारी गर्दै उसले त्यसरी खुला भाँडामा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न पेट्रोल पम्प सञ्चालकहरूलाई आग्रह गरेको छ।

सूचनामा भनिएको छ, “सुरक्षा संवेदनशीलताको सूचना विपरीत पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानुन बमोजिम हदैसम्मको कानुनी कारबाही हुने ब्यहोरासमेत सम्पूर्णमा जानकारी गरिएको छ।”

सामाजिक सञ्जालमा कैयौँले प्रहरीको उक्त कदमप्रति पनि विरोध जनाएका छन्।

उनीहरूले सरकारले “इमानदार ढङ्गले गरी खान चाहनेलाई” त्यस्तो वातावरण बनाउनु पर्नेमा पेट्रोल बोतलमा बेच्न नपाउने सूचना निकाल्नुको कुनै अर्थ नभएको बताएका छन्।