शार्कले गोताखोरलाई आक्रमण गर्दाको दृश्य

शार्कले गोताखोरलाई आक्रमण गर्दाको दृश्य
Published

फिजीमा माछा मारिरहेका न्यूजील्यान्डका एक गोताखोरलाई शार्कले आक्रमण गर्दाको यो 'नाटकीय' दृश्य उनकै क्यामराले खिचेको हो।

ग्रे रीफ शार्कले नजिकैबाट घुमेपछि माथितिर पौडिएर हेन्‍री गिब्सको दायाँ खुट्टाको तल्लो भागमा टोकेको थियो।

चार पटक शल्यक्रिया र छाला प्रत्यारोपणपछि पूरा निको भएका यी गोताखोर अहिले आफू "निकै भाग्यमानी" भएको ठान्छन्।

साथै उनले शार्कको व्यवहारबारे पनि कुनै गुनासो गरेका छैनन्। उनले इन्स्टाग्राममा लेखेका छन्, "म उसको ठाउँमा उसको आहाराको सिकार खोज्दै थिएँ। गलत ठाउँ, गलत समय।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।