‘उस्तै मात्रामा चुरोट खाने महिला र पुरुष: महिला बढी जोखिममा’

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘उस्तै मात्रामा चुरोट खाने महिला र पुरुषमा महिला बढी जोखिममा’
‘उस्तै मात्रामा चुरोट खाने महिला र पुरुष: महिला बढी जोखिममा’
Published

धूमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा सबैलाई थाहा छ। तर धूमपानले पुरुषलाईभन्दा महिलालाई बढी असर गर्छ वा गर्दैन?

क्यान्सर रोग विशेषज्ञ डा. रश्मि पुनका अनुसार मुख्यतया शरीरको बनावट, होर्मोन तथा वंशाणुगत कारणहरूले गर्दा धूमपानले पुरुषलाईभन्दा बढी महिलालाई असर गर्छ।

विश्व स्वास्थ्य सङ्गठनको सन् २०२५ को तथ्याङ्क अनुसार विश्वभर क्यान्सरबाट हुने कुल मृत्युको २५% सुर्तीजन्य पदार्थसँग जोडिएको छ र यो फोक्सोको क्यान्सरको प्रमुख कारक पनि हो।

धूमपानले महिलालाई असर पार्ने कारणहरूका बारेमा विस्तृत विवरण सृजना श्रेष्ठले बनाएको यो भिडिओमा हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।