स्पेनले दोस्रो पटक विश्वकप जितेपछि हर्षोल्लास

भिडिओ क्याप्शन सुरु हुँदैछ,
स्पेनले दोस्रो पटक विश्वकप जितेपछि हर्षोल्लास
Published

स्पेनले विश्वकप फुटबलमा ऐतिहासिक जित हासिल गरेपछि मड्रिडमा प्रशंसकहरूले उत्सव मनाएका छन्।

नेपाली समयानुसार आइतवार मध्यरातपछि भएको खेलमा स्पेन र आर्जेन्टिनाबीच निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी भएको थियो। त्यसपछि थपिएको अतिरिक्त समयमा १०६औँ मिनेटमा स्पेनका फेरान टोरेजले निको विलिअम्सको पासमा गोल गरेका थिए। त्यही गोल निर्णायक बनेको थियो।

यो स्पेनको दोस्रो विश्वकप उपाधि हो। यसअघि उसले सन् २०१० मा पनि विश्वकप जितेको थियो।

आर्जेन्टिनाले सन् २०२२ मा जितेको थियो। फेरि अर्को उपाधि जित्ने उसको आकाङ्का पूरा हुन सकेन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।