तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चितवनमा कसरी हुँदै छ बेपत्ताका आफन्तको डीएनए नमुना सङ्कलन
- Author, ईश्वर जोशी
- Role, चितवन
- Published
बाढीमा परी बेपत्ता भएकाहरूको पहिचानका लागि चितवनमा आफन्तहरूको डीएनए नमुना सङ्कलन सुरु भएको छ।
बाढीका कारण नदीमा बगेका अधिकांश शव चितवनमा त्रिशूली र नारायणी नदीमा फेला परेका छन्।
तर अधिकांश शव पहिचान गर्न नसकिएको र तिनलाई लामो समय राख्न नसकिने भएकाले अधिकारीहरूले डीएनए सङ्कलन गरेर जमिनमुनि गाड्ने व्यवस्था मिलाएका छन्।
मृतकहरूको डीएनएसँग तुलना गरेर व्यक्तिको पहिचान गर्नका लागि हराइरहेका मानिसका निकटका नातेदारबाट नमुना सङ्कलन गरिएको हो।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।