गर्भवती हुँडारलाई जङ्गली कुकुरहरूले सिकार गर्न लाग्दा सिंहले बचाइदियो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
गर्भवती हुँडारलाई जङ्गली कुकुरहरूले सिकार गर्न लाग्दा सिंहले बचाइदियो
Published

एउटी गर्भवती हुँडारलाई जङ्गली कुकुरहरूले घेर्छन् र सिकार गर्न खोज्छन्। ऊ ज्यान जोगाउन निकै सङ्घर्ष गर्छे।

त्यही बेला त्यहाँ एउटा सिंह आइपुग्छ र एउटा मरेको जीव लिएर जान्छ। सिंह आएको देखेपछि झुन्डमा भएका कुकुरहरू झुन्ड हच्किन्छन्। त्यो मौका छोप्दै गर्भवती हुँडार ज्यान जोगाएर भाग्छे।

जाम्बियाको जङ्गलमा खिचिएको यो दृश्य डेभिड एटन्बरोको नयाँ वृत्तचित्रमा समेटिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।