अमेरिकामा पानी लिँदा पनि 'टिप'? विश्वकप हेर्न गएका विदेशीहरू रनभुल्ल
अमेरिकामा पानी लिँदा पनि 'टिप'? विश्वकप हेर्न गएका विदेशीहरू रनभुल्ल
Published
विश्वकप हेर्न विभिन्न देशबाट संयुक्त राज्य अमेरिका पुगेका मानिसहरूले त्यहाँ 'टिप' दिनुपर्ने चलन देखेर छक्क पर्दै आफ्नो खर्च बढेको बताएका छन्।
पेयपदार्थदेखि अरू सामान किन्दा पनि स्वतः 'टिप' थपिने देखेर उनीहरू आफूहरू रनभुल्लमा परेको बताउँछन्।
त्यसरी ग्राहकलाई 'टिप' दिन बाध्य पारिनुभन्दा सेवा प्रदान गर्ने कर्मचारीलाई सम्बन्धित पक्षले राम्रो पारिश्रमिकको व्यवस्था गर्नुपर्ने उनीहरूको तर्क छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



