‘पहिला भूकम्पले पीडित भइयो, अहिले पहिरोले’
‘पहिला भूकम्पले पीडित भइयो, अहिले पहिरोले’
Published
जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा पहिरोमा परेर चार जनाको मृत्यु भएको छ। पहिरोले घरहरू पुरिँदा अन्य छ जना घाइते भएका छन्।
पहिरोको जोखिममा रहेका करिब २०० जना गाउँलेलाई सुरक्षित स्थानमा सारिएको छ। जोखिममा रहेका ६० भन्दा बढी घरपरिवारलाई गाउँकै त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
त्यसरी विस्थापित भएका स्थानीयवासीले सरकारसँग यथाशक्य छिटो बसोबासको बन्दोबस्त गर्न माग गरेका छन्।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



