भुइँचालोमा शपिङ मल भत्किँदा पुरिएका सुरक्षागार्डको ८ दिनपछि जीवितै उद्धार

भिडिओ क्याप्शन सुरु हुँदैछ,
भुइँचालोमा शपिङ मल भत्किँदा पुरिएका सुरक्षागार्डको ८ दिनपछि जीवितै उद्धार
Published

भेनेजुएलामा गत साता दुइटा शक्तिशाली भूकम्प जाँदा भत्किएको एउटा शपिङ मलको भग्नावशेषमा आठ दिनसम्म फसेका एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ।

आकस्मिक सेवाका उद्धारकर्मीहरूले एर्नान गिललाई १४० टन भग्नावशेषमुनि पहिलो पटक फेला पारेको १०० घण्टाभन्दा बढी समयपछि सकुशल बाहिर निकालेका हुन्। उनी उक्त मलमा सुरक्षागार्ड थिए।

उनलाई बाहिर निकाल्न भेनेजुएला, चिली, कोस्टारिका, एल साल्भाडोर, मेक्सिको, पोर्चुगल र संयुक्त राज्य अमेरिकाका सयौँ उद्धारकर्मीहरूले विशेष अभियान सञ्चालन गरेका थिए।

उद्धारकर्मीहरूले गिलसँग देखादेख हुने गरी राति सम्पर्क स्थापित गरेपछि उनलाई सुरक्षित स्थानमा ल्याएका थिए।

चिलीका एक उद्धारकर्मीले यसअघि यो उद्धारकार्यलाई " म अहिलेसम्म संलग्न भएकामध्ये निस्सन्देह सबैभन्दा जटिल र प्राविधिक रूपमा कठिन कार्य" भनेका थिए।

जुन २४ मा भेनेजुएलामा गएको भूकम्पमा परी २,६०० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने दशौँ हजार मानिस अझै सम्पर्कविहीन छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।