सी जिन्पिङसँग दुई घण्टा वार्ता गरेपछि ट्रम्पले दिए 'महान् नेता'को सङ्ज्ञा

भिडिओ क्याप्शन सुरु हुँदैछ,
सी जिन्पिङसँग दुई घण्टा वार्ता गरेपछि ट्रम्पले दिए 'महान् नेता'को सङ्ज्ञा
Published

बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेट गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनलाई "महान् नेता"को सङ्ज्ञा दिएका छन्।

उनीहरूबीच झन्डै दुई घण्टा भेटवार्ता भयो। ट्रम्पले वार्तालाई "भव्य" भनेका छन्।

चीनको औपचारिक भ्रमण गएका ट्रम्पलाई चिनियाँ पक्षले भव्य स्वागत गरेको थियो।

उनीहरूबीच वार्ता सुरु हुनासाथ चिनियाँ सरकारी सञ्चारमाध्यममा सीले ताइवानका विषयमा अमेरिकासँग "द्वन्द्व" हुन सक्ने चेतावनी दिएको टिप्पणी सार्वजनिक भयो।

तर ट्रम्पले ताइवानको विषयमा छलफल भए नभएको केही खुलाएका छैनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।