तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
किमलाई भेट्दा उपाधि जित्ने उत्तर कोरियाली महिला फुटबलरहरूको आँखामा आँसु
उत्तर कोरियाका नेता किम जङ अनले एशियन विमिन्स च्याम्पिअन्स लीग जितेर स्वदेश फर्किएका खेलाडीहरूलाई प्योङ्याङमा स्वागत गरेको सरकारी सञ्जारमाध्यमले जनाएको छ।
किमलाई भेट्दा विजेता टोलीका खेलाडीहरू र अन्डर-१७ राष्ट्रिय टोलीका खेलाडीहरू भावविह्वल भएर आँशु झारेको दृश्य सरकारी टेलिभिजनले २ जुनमा प्रसारण गरेको छ।
दक्षिण कोरियामा आयोजित प्रतियोगितामा नेगोह्याङ विमिन्स फुटबल क्लब विजयी हुँदै आगामी वर्ष हुने फिफा विमिन्स च्याम्पिअन्स कपका लागि छनोट भएको छ। उक्त क्लबले फाइनल खेलमा जापानी टोलीलाई पराजित गरेको थियो।
उत्तर कोरियाको अन्डर-१७ राष्ट्रिय टोली पनि मेमा आयोजित एएफसी यू-१७ विमिन्स एशियन कपको विजेता हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।