बाढीका कारण शिक्षकहरूमा पनि मानसिक प्रभाव, समाधान के हुन सक्छ

बाढीका कारण शिक्षकहरूमा पनि मानसिक प्रभाव, समाधान के हुन सक्छ
Published

भोटेकोशी-त्रिशूली बाढीका कारण प्रभावित क्षेत्रमा बालबालिकालाई नियमित पठनपाठनमा फर्काउने पहल थालिएको छ।

तर उक्त प्रक्रियामा सहभागी हुनुपर्ने कतिपय शिक्षकहरू आफैँ पनि बाढीबाट प्रभावित छन्।

विद्यालयका भवन सुरक्षित रहेका स्थानमा विद्यालयमै र अन्यलाई होल्डिङ सेन्टरमै आधारभूत शिक्षा दिने कार्यसँगसँगै प्रभावित क्षेत्रका शिक्षकहरूको मानसिक स्वास्थ्यबारे पनि ध्यान दिनुपर्ने अवस्था रहेको जानकारहरू बताउँछन्।

यसै सन्दर्भमा त्रिभुवन विश्वविद्यालयका मनोविज्ञान विभागका सहायक प्राध्यापक डा सन्देश ढकाललाई हामीले विपद्पछि शिक्षकहरूलाई मानसिक रूपमा कस्तो प्रभाव पर्न सक्छ र त्यस्ता समस्याको समाधान के हुन सक्छ भनेर सोधेका छौँ।

'बीबीसी हातेमालो'का लागि प्रतीक्षा खनालले डा ढकालसँग गरेको कुराकानी सुन्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।