बाढीपछि फेला परेका शवको डीएनए कसरी जाँचिदै छ

बाढीपछि फेला परेका शवको डीएनए कसरी जाँचिदै छ
Published

भोटेकोशी र तल त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परेर सयौँ मानिसको मृत्यु भयो भने हजारौँ मानिसको अवस्था अझै अज्ञात छ।

रसुवादेखि भारतसम्म फेला परेका सयौँ शव वा अङ्गबाट डीएनएको नमुना सङ्कलन गरेर मृतकको पहिचान गर्ने प्रयास जारी रहेको अधिकारीहरू बताउँछन्। परीक्षणका लागि हराएका मानिसका निकटका नातेदारको पनि नमुना सङ्कलन गरिएको छ।

डीएनए परीक्षण कसरी हुँदै छ अनि त्यसको परिणाम कहिले आउँँछ भन्ने जान्न बीबीसी हातेमालोका लागि मनिका विश्वकर्माले धेरै शव भेटिएको चितवन जिल्लाका प्रहरी उपरीक्षक रामेश्वर पौडेलसँग कुराकानी गरेकी छन्।

सुन्नुहोस् यो अन्तर्वार्ता।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।